मनसुनी प्रणालीको प्रभाव : गण्डकी, कोशी र बागमती प्रदेशका चट्याङसहित वर्षा हुने

पोखरा । हाल नेपालको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथैस्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव पनि रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार कोशी, मधेस र बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button