विश्वकप क्रिकेट : नेपाललाई पाचौँ सफलता

पोखरा । नेपाल र दक्षिण अफ्रिकाबीच भइरहेको खेलमा नेपालले पाचौँ विकेट लिएको छ । १७ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले ९७ रन बनाएर खेलिरहेको छ ।

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

२२ रन जोड्दा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाले ६८ रन बनाउँदा दोस्रो विकेट गुमाएको छ ।

७४ रन बनाउँदा तेस्रो, ८४ रन बनाउँदा चौथो विकेट गुमाएको दक्षिण अफ्रिकाले ९७ रन बनाउँदा पाचौँ विकेट गुमाएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button