दक्षिण अफ्रिकाद्वारा नेपाललाई १ सय १६ रनको लक्ष्य प्रस्तुत

पाेखरा । टी-२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकासँग खेलिरहेको छ । जितका लागि नेपालले मात्र १ सय १६ रनको चुनौती पछ्याउँदै छ ।

यसअघि वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गर्दै दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोक्यो ।

दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय १५ रन बनायो । ओपनर रिजा हेन्डरिक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । त्यस्तै ट्रिस्टन स्टुब्सले १८ बलमा अविजित रहँदै २७ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन खर्चेर ३ विकेट लिए ।

विश्वकपमा पहिलो पटक खेल्न पाएका सन्दीप लामिछानेले १८ रन खर्चेर कुनै विकेट लिएनन् ।

भुर्तेलले डेभिड मिलरमाथि गरेको एलबीडब्ल्यू आउटको अपील भने अम्पायर कलिङले आउट दिएको थिएन ।

नेपालले पहिलो पटक दक्षिण अफ्रिकासँग खेलिरहेको हो ।

समूह डीबाट दक्षिण अफ्रिका यसअघिका तीन वटै खेल जितेर सुपर एटमा पुगिसकेकोछ भने नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो ।

सुपर एट प्रवेशका लागि सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर एटमा पुगिसकेको छ । ३ खेलबाट ४ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने ३ खेलबाट २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ ।

नेपाल २ खेलबाट १ र श्रीलंका ३ खेलबाट १ अंकसहित चौथो र पाँचौँ स्थानमा छ । श्रीलंका भने सुपर एटको होडबाट बाहिरिएको छ ।

नेपालले एक अंक बटुलेकाले सुपर एटको सम्भावना कायमै रहेको छ । तर अब वेष्ट इन्डिजमा हुने दुवै खेल जित्नुपर्नेछ ।

दक्षिण अफ्रिकालाई हराउन सक्यो भने नेपालको मनोबल उच्च हुँदा अन्तिम खेलमा बंगलादेशसँग पनि सकारात्मक परिणाम आउने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button