पोखरा । टी ट्वान्टी विश्वकपअन्तर्गत आज दक्षिण अफ्रिकाविरुद्धको खेलमा पहिलो विकेट गुमाएको छ ।
नेपालका ओपनर ब्याटस्म्यान कुशल भुर्तेल र दोस्रोमा आएका क्याप्टेन रोहित पौडेल आउट भएका हुन् ।
नेपालले सातौँ ओभरमा ३५ रन बनाएर खेलिरहेको छ । यसअघि दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनाएर नेपाललाई १ सय १६ रनको चुनौती दिएको थियो ।
ओपनर रिजा हेन्डरिक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । त्यस्तै ट्रिस्टन स्टुब्सले १८ बलमा अविजित रहँदै २७ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन खर्चेर ३ विकेट लिए ।
विश्वकपमा पहिलो पटक खेल्न पाएका सन्दीप लामिछानेले १८ रन खर्चेर कुनै विकेट लिएनन् ।
भुर्तेलले डेभिड मिलरमाथि गरेको एलबीडब्ल्यू आउटको अपील भने अम्पायर कलिङले आउट दिएको थिएन ।
नेपालले पहिलो पटक दक्षिण अफ्रिकासँग खेलिरहेको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution