धादिङ समाजका सदस्यलाई मेडिप्लस अस्पतालमा उपचार गर्दा छुट

पोखरा । धादिङ-पोखरा सम्पर्क समाजका सदस्य र सदस्यका परिवारजनले पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा उपचार गर्दा छुट पाउने भएका छन् ।

यसका लागि समाज र अस्पतालले शुक्रबार सम्झौता गरेको हो । पछि नविकरण गर्न सक्ने गरी हाललाई दुई वर्षका लागि सो सम्झौता भएको हो ।

सम्झौता पत्रमा समाजका अध्यक्ष रामप्रसाद पाण्डे राजु र अस्पतालका व्यवस्थापक सुरेशराज सुवेदीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बेड चार्जमा २० प्रतिशत, सर्जरी अपरेसनमा १० प्रतिशत, प्रोसिजर जाँचमा १० र फार्मेसीमा ५ प्रतिशत छुट हुनेछ ।

छुट सुविधा ओपिडी सेवामा भने नहुने अस्पतालले जनाएको छ ।

सो अवसरमा अस्पतालका मार्केटिङ म्यानेजर शोभाखर पाण्डे, समाजका पूर्वअध्यक्षद्वय कृष्णकुमार श्रेष्ठ, कृष्णबहादुर लम्साल र सचिव दिनेश तुलाधर सहभागी थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button