पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट घटेर आएको छ । सरकारले आर्थिक ०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नयाँ बजेट आर्थिक वर्ष ०८०/८१ को भन्दा ४४ करोड ८६ लाख २५ हजार कम हो । अघिल्लो ०८०/८१ मा ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट आएको थियो ।
आव ०८०/८१ मा चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार रहेकोमा ०८१/८२ मा १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार रहेको छ ।
यस्तै आव ०८०/८१ मा पुँजीतर्फ २० अर्ब १९ करोड चार लाख ६२ हजार रहेकोमा ०८१/८२ र्मा १९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
आव ०८०/८१ मा वित्तीय समान्यीकरण अनुदानबाट सात अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाँडबाट नौ अर्ब पाँच करोड ३२ लाख, रोयल्टीमार्फत ४० करोड आठ लाख १६ हजार, सर्शत अनुदानतर्फ चार अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड, विशेष अनुदान ७० करोड प्राप्त हुने अनुमान गरिएको थियो ।
आव ०८०/८२ मा भने वित्तीय समानीकरण अनुदानबाट प्राप्त सात अर्ब ६३ करोड ८८ लाख रुपैयाँ र सशर्त अनुदानबाट तीन अर्ब १० करोड ११ लाख रुपैयाँ तथा नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदान बापत एक अर्ब १९ करोड रुपैयाँ र विशेष अनुदान बापत ६५ करोड ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
आव ०८०/८१ मा आन्तरिक राजश्वबाट पाँच अर्ब १६ करोड ९१ लाख ८४ हजार रहने र प्रदेशले तीन अर्ब मौज्दात बचत हुने अनुमान गरिएको थियो ।
आगामी आर्थिक वर्षका लागि चने अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट पाँच अर्ब १७ करोड रुपैयाँ, चालू आवको खर्च नभई बाँकी रहन जाने अनुमानित दुई अर्ब ९४ करोड रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँड बापत प्राप्त नौ अर्ब ६१ करोड १२ लाख रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution