आज काल र शुभ बेला परेको छ, अन्तर्राष्ट्रिय बुबा दिवसमा राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ असार २ गते आइतबार, इस्वीसंवत जुन १६ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठशुक्लपक्षको दशमी तिथि रातिमा ३ः१० बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ । नक्षत्रमा हस्ता बिहानमा १०ः३४ बजेसम्म त्यसपछि चित्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान ३९ घटि २४ पलासम्म त्यसपछि परिध लाग्नेछ । करणमा तैतिल अहोरात्र रहनेछ । आनन्दादि योगमा मानस रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३४ पला अर्थात १३ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१० बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ः०० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा १ः१८ बजे र अस्ताउने समय रातिमा १ः०० बजे रहेको छ । आज गंगा दशहरा व्रत गर्ने दिन, गोसाइकुण्ड स्नान समाप्ति, अन्तर्राष्टिय परिवार रेमिट्यान्स दिवस र अन्तर्राष्ट्रिय बुबा दिवस रहेको छ ।

आजको राशिफल

मेष : समय शुभ छ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्ने छ । मित्रजनको साथ सहयोग मिल्नुका साथै आमदानीका स्रोत बढ्ने छन् । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

वृष : समय खराब छ । स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । शत्रु सबल रहन सक्छन् । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमी र प्रेमिकाकाबिच खिन्नता बढ्नेछ ।

मिथुन : समय खराब छ । नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच तनाव बढ्नेछ ।

कर्कट : समय राम्रो छ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक तथा राजनैतिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । घर जग्गा खरिद तथा बिक्रीको राम्रो योग रहेको छ ।

सिंह : समय खराब छ । अध्ययनमा त्यति ध्यान दिन सकिनेछैन । सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । व्यर्थको सास्ति खेप्नुपर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । अधिकार प्राप्तिका लागि खूब संघर्ष गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउने देखिएकोछ ।

कन्या : समय राम्रो रहनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । लामो यात्रा सुखद् र सफल हुनेछ । परिवारमा पनि सुख सन्तोष छाउनेछ ।

तुला : समय खराब छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । आफ्नै जिद्धीपनाले गर्दा काम बिग्रने डर हुनेछ । अनावश्यक झुटा आरोप लाग्ने देखिन्छ, सजक रहनुहोला । टाढाको यात्रा आज शुभ छैन । परिवारमा झगडा पर्न सक्छ, मनलाई शान्त राख्न देवीको मन्दिरमा पूजा गर्नुहोला ।

वृश्चिक : समय राम्रो छ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । वाहान लाभ हुने समय आएको छ । समय शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला । धार्मिक कार्य गर्दा राम्रो हुनेछ ।

धनु : समय मध्यम खालको रहनेछ । समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी नहुँदा दैनिक कष्टप्रद हुनेछ । आज माया प्रेममा टाढै रहनु बेस हुनेछ, तपाइँकी प्रेमिकाले शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ ।

मकर : समय शुभ रहनेछैन । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । समय तालिका अनुसार चल्न नसक्दा दुःख पाईनेछ । अरुको लहैलहैमा लागेर व्यापार व्यावसायमा लगानी गर्दा लगानी डुब्ने सम्भावना देखिन्छ, ध्यान दिनुहोला ।

कुम्भ : समय खराब छ । लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय शुभ छैन । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी गर्न सकिनेछ । घर जग्गा तथा सवारी साधनको कारोबारमा ध्यान दिनुहोला ।

मीन : आज समय राम्रो रहनेछ । छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाइनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । तपाईको काममा दाजुभाई तथा छिमेकीबाट सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ ।

साइतः सूर्य मिथुन राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म उद्धेग बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म चर बेला
बिहान ८ः३५ बजेदेखि १०ः१८ बजेसम्म लाभ बेला
बिहान १०ः१८ बजेदेखि १२ः०२ बजेसम्म अमृत बेला
मध्यान्ह १२ः०२ बजेदेखि १ः४५ बजेसम्म काल बेला
दिनमा १ः४५ बजेदेखि ३ः२९ बजेसम्म शुभ बेला
दिनमा ३ः२९ बजेदेखि ५ः१२ बजेसम्म रोग बेला
दिनमा ५ः१२ बजेदेखि ६ः५६ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः५६ बजेदेखि ८ः१२ बजेसम्म चर बेला
राति ८ः१२ बजेदेखि ९ः२९ बजेसम्म लाभ बेला
राति ९ः२९ बजेदेखि १०ः४४ बजेसम्म अमृत बेला
राति १०ः४४ बजेदेखि १२ः०२ बजेसम्म काल बेला
राति १२ः०२ बजेदेखि १ः१८ बजेसम्म शुभ बेला
राति १ः१८ बजेदेखि २ः३४ बजेसम्म रोग बेला
रातिमा २ः३४ बजेदेखि ३ः५१ बजेसम्म उद्धेग बेला
रातिमा ३ः५१ बजेदेखि ५ः०७ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button