पोखरामा पुल बनाउन खनिएको खाल्डोमा बालक मृत भेटिए

पोखरा । पोखरामा पुल बनाउन खनिएको खाल्डोमा एक बालक मृत भेटिएका छन् । पोखरा महानगरपालिकाका वडा नं.३३ बरपौवाका ९ वर्षीय गणेश बिक स्थानीय सुरौदी खोलामाथि बनाउन खनिएको खाल्डोमा मृत भेटिएका हुन्।

गणेश शनिबार दिउँसोदेखि बेपत्ता थिए । आज बिहान उनले लगाएको चप्पल खाल्डोको पानीमना तैरिएको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाइए खबर गरेका थिए ।

सूचना लगत्तै सशस्त्र प्रहरीको कालिका गण मालेपाटनबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखोरको टोलीले खोजी गर्दा आज बिहान ८ः३० बजे खाल्डोको बीच भागको अन्दाजी २० फिट गहिराईमा गणेशको शव भेटिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।

बालक त्यस खाल्डोमा कसरी पुगे भन्ने विषयमा अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button