
पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ जनप्रिय टोलमा तीन दिने नेतृत्व विकास तथा उद्घोषणकला तालिम सुरु भएको छ ।
वडा कार्यालयको सहयोगमा तालिम सुरु भएको हो ।
तालिम उद्घाटन गर्दै वडाध्यक्ष रुद्रनाथ बरालले टोलटोलमा विभिन्न क्षमता विकास तथा सीप विकास कार्यक्रम भइरहेको भन्दै यसको पूर्ण सदुपयोग गर्न आग्रह गरे ।
वडासदस्य पवित्रा थापाले वडावासीको क्षमता विकासमा वडा कार्यालयले सक्दो प्रयास गर्ने बताइन् ।
वडासदस्य लक्ष्मी विकले सबै सहभागीलाई सक्रियतापूर्वक सिक्न आग्रह गरिन् ।
कार्यक्रममा नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरी, नेत्ररोग विशेषज्ञ डाक्टर जमुना गुरुङलगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष अञ्जु चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष पार्वती गिरीले स्वागत तथा सचिव गीता देवकोटा सिग्देलले सञ्चालन गरेकी थिइन् ।
तालिममा सहभागी संस्थाका ३५ जना दिदीबहिनीलाई सञ्चारकर्मी दुर्गा अधिकारीले प्रशिक्षण दिएकी छन् ।





