नुवारथोक बाल क्लबको अध्यक्ष एञ्जिला पौडेल

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ स्थित नुवारथोक टोल विकास संस्थाअन्तर्गत नुवारथोक बाल क्लबको अध्यक्ष एञ्जिला पौडेल चयन भएकी छन् ।

संस्थाको आज सम्पन्न अधिवशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

क्लबको उपाध्यक्ष शौरभ बराल, सचिवमा दीया भण्डारी, सहसचिवमा ईशानी बराल र कोषाध्यक्षमा अतुल पण्डित छन ।

यसैगरी कार्यसमिति सदस्यमा समृद्दी बराल, शिवानी पाण्डे, एलिना पण्डित, राजी पौडेल, स्पा तामाङ, सम्पदा बराल, शिवानी बराल, एन्जला पौडेल, प्रज्ञान बराल, राशी शाह, उमङ्ग श्रेष्ठ, सम्राट बराल, प्रतिक बराल र उद्धव बराल छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई नेपाली कांग्रेस पोखरा-७ का सभापति नवीन बरालले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button