आज निर्जला एकादशी, आज के गर्ने ?

पोखरा । आज निर्जला एकादशी । ज्येष्ठशुक्ल एकादशीका दिन पर्ने यो पर्व तुलसीको बीउ रोप्ने पर्वका रूपमा चिनिन्छ ।

आज बीउ राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढशुक्ल एकादशीका दिन मोठमा रोपिन्छ ।

आषाढशुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महिने अवधिलाई चतुर्मासा समेत भनिन्छ ।

आयुर्वेदमा उल्लेख भएअनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायुसमेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ ।

सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् ।

ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारहरु बताउन्छन् ।

आजको दिनमा पानीसमेत नखाई उपबास बस्दा भगवान श्री विष्णु प्रशन्न हुने मान्यता रहि आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button