पाल्पाकाे डाँडागाउँमा घरमै पर्यो चट्याङ, एक जनाको मृत्यु

पोखरा । चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्थ रहेका छन् ।

आइतबार साँझ घरमै बसिरहेका अवस्थामा चट्याङ लाग्दा गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

वडा नं. ३ का वडाध्यक्ष प्रदीप पौडेलका अनुसार चट्याङ लागेर घरको वाइरिङ जलेको छ ।

वाइरिङ जल्दा पन्थलाई करेन्ट लागेको हुन सक्ने पौडेलले बताए । घरका अन्य सदस्य सुरक्षित छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button