एवान ग्रेटर नेपाल यातायात कम्पनीको अध्यक्षमा पौडेल निर्वाचित

पोखरा । एवान ग्रेटर नेपाल यातायात कम्पनी प्रालिको अध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन् । संस्थाको विशेष अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

पर्वतमा जन्मिएका पौडेल अखिल नेपाल ट्रेड युनियन महासंघ कास्कीको समेत अध्यक्ष छन् । उनी लामो समयदेखि यातायात व्यवसायमा आवद्ध छन् ।

संस्थाको उपाध्यक्षमा देवीराम पाण्डे, सचिवमा गोकर्ण केसी, सहसचिवमा बलबहादुर शेर्पा, कोषाध्यक्षमा महोदत्त आचार्य, सहकोषाध्यक्षमा नन्दबहादुर गुरुङ छन् ।

यसैगरी कार्यसमिति सदस्यमा ऋषिराम खाण ठकुरी, रुद्रबहादुर गुरुङ, ठाकुरप्रसाद सुवेदी, भरत परियार र श्याम भुजेल छन् ।
नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यको शपथग्रहण र पदस्थापन पनि भएको छ ।

उनीहरुलाई निर्वाचन अधिकृत तथा प्रालिका कानूनी सल्लाहकार अधिवक्ता नारायण शर्माले शपथ ग्रहण गराएका थिए ।

पदस्थापन पश्चात् अध्यक्ष पौडेलले सार्वजनिक यातायात व्यवसाय सेवामुखी स्वरोजगार व्यवसाय भएकाले व्यवसायप्रति इमान्दार भई जिम्मेवारीका साथ कम्पनीलाई अघि बढाउने प्रतिवद्धता जनाए । कम्पनीमा आवद्द सदस्य व्यवसायीका हक हितका लागि आफू रातदिन खट्ने उनले स्पष्ट पारे ।

उनले भने, ‘आगामी दिनमा कोही कुनै पनि सदस्यलाई मेरो एवान ग्रेटर नेपाल यातायात कम्पनी छ । म त्यसको सदस्य हुँ भनेर गर्वका साथ भन्न र अनुभूति गर्न पाउने अवस्था बनाएरै छाड्छु ।’

साथै अध्यक्ष पौडेलले व्यवसायिक हक, हित र संरक्षणका लागि भलाइ कोष खडा गर्दै भैपरि आउने समस्याका साथै सवारी दुर्घटना बीमा तथा अन्य सेवा सुविधामा समेत सहजीकरण गरिने स्पष्ट पारे ।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता शर्माले कानून जान्दिन, बुझ्दिन भन्न नपाइने बताए । उनले सबैले सवारी तथा यातायात व्यवस्था ऐनमा उल्लेख भएका सवारी कानून पालना गर्न र ट्राफिक नियम पालना गरी कानून विपरीत सवारी नचलाउन आग्रह गरे ।
कम्पनीमा आइपर्ने कानूनी बाधा अड्चन र समस्या समाधानका लागि आफू प्रयत्नशील रहने उनले स्पष्ट पारे ।

कार्यक्रममा संस्थापक अध्यक्ष देवीराम पाण्डे, आइजीआइ प्रोन्डेन्सियल इन्स्योरेन्सका अनिल केसी, प्रभु इन्स्योरेन्सका हरि सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य शिवराज बस्ताकोटी ( शिवदाइ) रमेश विकलगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

संस्थाका सचिव गोकर्ण केसीले कार्यक्रम सञ्चालन र संस्थापक उपाध्यक्ष देवीराम पाण्डेले स्वागत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button