पोखरा-१९ लामाचौरमा सडक बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ स्थित लामाचौरमा सडक बन्द हुने भएको छ ।

माछापुच्छ्रे सडक खण्डअन्तर्गत बेसीचोक-एलएञ्जल्स विद्यालय पछाडिको घुम्ती सडक मर्मतका लागि बन्द हुने भएको वडा सचिव सुजन शर्माले जानकारी दिए ।

सो सडक असार ५ देखि १७ गतेसम्म बन्द हुने वडा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

यस अवधिभर वैकल्पिक सडक (अमलाबिसौनी-घार्मी मैदान-चितेपानी) प्रयोग गर्न वडा कार्यालयले आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button