डुम्रे-बेँसीसहर सडक सुचारु

पोखरा । डुम्रे-बेँसीसहर सडकखण्ड सुचारु भएको छ । आज बिहान बेँसीसहर नगरपालिका वडा नं. १ दलालमा लेदोसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार पहिरो पन्छाएर सडक सुचारु गरिएको हो ।

सडक खुलाउन प्रहरी टोली परिचालन गरिएको उनले बताए । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका थिए ।

बेँसीसहरबाट पोखरा, काठमाडौँ, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका थिए ।

बाटो अवरुद्ध भएपछि बिरामी बोकेका एम्बुलेन्ससमेत रोकिएका थिए । डुम्रे-बेँसीसहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button