पोखरा बैदामका ढकाल राप्रपाको केन्द्रीय सल्लाहकार मनोनित

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ बैदाम निवासी गणेशबहादुर ढकाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार मनोनित भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ढकाललाई केन्द्रीय सल्लाहकार मनोनित गरेका हुन् । ढकालले विद्यार्थी जीवनबाट नै राजनीतिमा होमिएका थिए ।

पार्टीको जिल्ला सचिव हुँदै कास्कीको कार्यवाहक अध्यक्षसमेत बनेर काम गरेका ढकाल निष्ठाको राजनीतिका साथै विभिन्न सामाजिक काममा सक्रिय छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button