पोखरामा शुक्रबारदेखि हक्की प्रतियोगिता, आज टिम भिड्ने

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रबारदेखि हुने प्रदेश स्तरीय अन्तर जिल्ला हक्की प्रतियोगिताको तयारी पूरा भएको छ ।

भारतीय पेन्सन क्याम्पको मैदानमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका आठ जिल्लाले सहभागिता जनाउने गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर १०औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको हक्की टिम बनाइने थापाले बताए । अर्को वर्ष कर्णाली प्रदेशको सुर्खेतमा १०औं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ ।

प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १५ हजार र सहविजेताले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट टोली आउनेक्रम जारी छ । प्रतियोगितामा मनाङ, मुस्ताङ र लमजुङबाट सहभागिता नरहेको थापाले जानकारी दिए ।

आवश्यक न्यूनतम् भौतिक पूर्वाधार विना नै परिषद्ले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले भने, प्रदेशका विभिन्न जिल्लामा शाखा गठन गर्ने अभियान सुरु गरेको संघका सचिव अजय केसीले जानकारी दिए ।

पहिलो संस्करणको प्रतियोगितामा कास्की विजेता र तनहुँ उपविजेता बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button