हेमजा भेट्रान्स कप : पोखरा-१० र १७ सेमिफाइनलमा

  • पोखरा न्यूज
  • २०८१ अषाढ ५
हेमजा भेट्रान्स कप : पोखरा-१० र १७ सेमिफाइनलमा

पोखरा । हेमजा भेट्रान्स कपमा पोखरा-१० र १७ सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो खेलमा पोखरा-१० ले आयोजक वडा न २५ लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

पेनाल्टी सुटआउटमा पोखरा-१० ले ५-३ गोल अन्तरले विजयी भएको हो । सो खेलको म्यान अफ दी म्याच पोखरा-१० का गोलरक्षक विक्रम गुरुङ घोषित भए ।

यस्तै, बुधबार नै भएको दोस्रो खेलमा पोखरा १७ ले १ लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

पोखरा-१७ ले ३-१ गोल अन्तरले पोखरा-१ लाई पराजित गरेको हो । सो खेलमा पोखरा-१७ का बेदबहादुर थापा म्यान अफ दी म्याच घोषित भए ।

फाइनल प्रवेशका लागि बिहीबार वडा १० र १२ साथै वडा १३ र १७ भिडनेछन् । प्रतियोगिता विजेताले एक लाख ११ हजार ११ र उपविजेताले ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस