विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग आयोजक अमेरिका स्तव्ध

पोखरा । टी-२० विश्वकप क्रिकेटमा सुपर ८ को पहिलो खेलमा आयोजक अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको छ । अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको हो ।

दक्षिण अफ्रिकाले जितका लागि प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याउँदा अमेरिकाले ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button