पोखरा । आज विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
शरणार्थीसम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो ।
दिवसको अवसरमा शरणार्थीको समर्थनमा विश्वका मुलुकहरूले विभिन्न कार्यक्रम गर्छन् ।
यी गतिविधिको नेतृत्व शरणार्थी, सम्बन्धित सङ्गठन, सरकारी कार्यालय लगायतले गर्दै आएका छन् ।
विश्वमा हरेक एक सय १३ व्यक्ति मध्ये एक जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्यांक छ ।
राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायत कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिँदै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution