विश्वकप क्रिकेट : इंग्ल्यान्डका ओपनर ब्याट्सम्यान जोस बट्टलर आउट

  • पोखरा न्यूज
  • २०८१ अषाढ ६
विश्वकप क्रिकेट : इंग्ल्यान्डका ओपनर ब्याट्सम्यान जोस बट्टलर आउट

पोखरा । टी-२० विश्वकप क्रिकेट २०२४ को सुपर-८ अन्तर्गत वेस्ट इन्डिज र इंग्ल्यान्ड बीचको खेलमा इंग्ल्यान्डले पहिलो विकेग गुमाएको छ । ओपनर ब्याट्सम्यान जोस बट्टलर २५ रन बनाएर आउट भएका हुन् । अहिले मोइन क्रिजमा आएका छन् ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाउन सफल भएको थियो ।

१८१ रनको लक्ष्य पाएको इंग्ल्यान्ड अहिले ब्याटिङ गरिरहेको छ । यो समाचार तयार गर्दा इंग्ल्यान्डले १० ओभरको खेल सकिँदा ८३ रन बनाएर खेलिरहेको छ ।

यसअघि वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६/३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए । यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।

इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए ।

वेस्ट इन्डिज समूह चरणमा सबै चार खेलमा अपराजित हुँदै सुपर-८ मा आइपुगेको हो ।

वेस्ट इन्डिज सुपर–८ मा समूहर २ मा रहेको छ । यो समूहमा इंग्ल्यान्डका साथै अमेरिका र साउथ अफ्रिका रहेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस