सर्लाहीमा बस दुर्घटना, तीन जनाको मृत्यु, १७ जना घाइते

  • पोखरा न्यूज
  • २०८१ अषाढ ६
सर्लाहीमा बस दुर्घटना, तीन जनाको मृत्यु, १७ जना घाइते

सर्लाही । सर्लाहीमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिकाकाका हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवट रहेका छन् ।

रुपन्देहीबाट जनकपुरतर्फ जाँदै गरेको पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका वडा नं. ११ रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रु बस ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस