केदारेश्वर महादेव मणि सेवाश्रम समिति १०औं अधिवेशनको तयारीमा

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ बैदामस्थित केदारेश्वर महादेव मणि सेवाश्रम समिति १०औं अधिवेशनको तयारीमा जुटेको छ ।

समितिको अधिवेशन यही असार १० गते बिहान १० बजे केदारेश्वर मन्दिर परिसरमा हुँदैछ । समितिको जेठ २० गतेको बैठककको निर्णय अनुसार अधिवेशन गर्ने तयारी गरेको हो ।

समितिले एक सूचना प्रकाशित गरी आजीवन सदस्यलाई अधिवेशनमा सहभागी भइदिन आग्रह गरेको छ ।

समितिमा सात सय ५० आजीवन सदस्य रहेको केदारेश्वर गुरुकूल सेवाश्रमका प्राचार्य गणेश पौडेलले जानकारी दिए ।

समिति अध्यक्ष स्वामी चित्घन चैतन्य (डा.लेखनाथ आचार्य) का अनुसार अधिवेशनमा प्रमुख अथितिको रुपमा गलेश्वर आश्रम देवघाटका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button