पोखरा । पातञ्जल योग समिति नेपाल कास्कीले योग जागरण कार्यक्रम आयोजना गरेको छ ।
१० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको योग प्रशिक्षण एवं पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्य प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम यही असार ७ गते शुक्रबार बिहान ५ देखि ७ बजेसम्म पोखरा-६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा हुनेछ । आफू र समाजका लागि योग भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको रमा श्रेष्ठले जानकारी दिइन् ।
श्रेष्ठका अनुसार योग ध्यानले शारीरिक, मानसिक, सामाजिक, अध्यात्मिक जीवन शैलीलाई ठूलो प्रभाव पार्दछ । अहिलेको परिप्रेक्षमा पनि योग तथा ध्यान अति नै जरुरी छ ।
उनले थपिन्, ‘योगीका लागि योग साधना हो, रोगीका लागि योग औषधि हो भने साधारण व्यक्तिका लागि योग जीवन पद्धति हो ।’
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution