क्रिकेट विश्वकप : दक्षिण अफ्रिकाद्वारा इङ्ल्याण्डलाई १६४ रनको चुनौती

  • पोखरा न्यूज
  • २०८१ अषाढ ७
क्रिकेट विश्वकप : दक्षिण अफ्रिकाद्वारा इङ्ल्याण्डलाई १६४ रनको चुनौती

|फाइल तस्बिर

पोखरा । टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर ८ काे समूह २ दोस्रो खेलमा दक्षिण अफ्रिकाले १६३ रन बनाएको छ ।

इङ्ल्याण्डबिरुद्ध पहिला व्याटिङ गर्दै दक्षिण अफ्रिकाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १६३ रन बनाउन सकेको छ । योसँगै इङ्ल्याण्डले १६४ रनको लक्ष्य पाएको छ ।

जारी विश्वकपमा दक्षिण अफ्रिका अपराजित रहँदै आएको छ । आजकाे खेलमा दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डी काकले ६५ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान डी काकले केवल ३८ बलको सामना गरी ४ छक्का र ४ चौका पनि हिर्काए ।

अर्का ओपनर रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी १ चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यानद्वय डी काक र हेन्ड्रिक्सले ८६ रनको साझेदारी गरेका थिए ।
चौथो नम्बरका ब्याट्सम्यान डेभिड मिल्लरले पनि टोलीको खातामा अविजित ४३ रन थपे । उनले केवल २८ बलमा दुई छक्का र चार चौका प्रहार गरे । इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले ३ विकेट लिए । मोइन अली र अदिल रसिदले १-१ विकेट हात पारे ।


पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस