विश्वकप क्रिकेट : दक्षिण अफ्रिका विजयी

पोखरा । टी-२० विश्वकप क्रिकेटको शुक्रबार राति ११ः४५ बजे सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।

इङ्ल्यान्डलाई जम्मा ७ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले जारी विश्वकम.पमा अपराजित यात्रा कायमै राखेको छ । दक्षिण अफ्रिकाको यो लगातार छैटौँ जित हो ।

योसँगे दक्षिण अफ्रिकाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । यसअघि दक्षिण अफ्रिकाले ‘सुपर–८’ चरणको आफ्नो पहिलो खेलमा आयोजक अमेरिकालाई १८ रनले हराएको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्ड निर्धारित ओभरमा ६ विकेट गुमाएर १५६ रनमात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले ५३ रन बनाए । लियाम लिभिङ्स्टोनले ३३ रन थपेका थिए । \

दक्षिण अफ्रिकाका बलर कागिसो राबडा र केशव महाराजले दुई-दुई विकेट लिए ।

यस्तै, दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डी काकले ६५ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान डी काकले केवल ३८ बलको सामना गरी ४ छक्का र ४ चौका पनि हिर्काए ।

अर्का ओपनर रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी १ चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यानद्वय डी काक र हेन्ड्रिक्सले ८६ रनको साझेदारी गरेका थिए ।

चौथो नम्बरका ब्याट्सम्यान डेभिड मिल्लरले पनि टोलीको खातामा अविजित ४३ रन थपे । उनले केवल २८ बलमा २ छक्का र ४ चौका प्रहार गरे । इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले ३ विकेट लिए । मोइन अली र अदिल रसिदले १-१ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button