तनहुँमा जंगली च्याउ खाएर द्रोणपति गुरुङको मृत्यु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा वडा नं. ६ हिलेखर्कमा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८५ वर्षीया द्रोणपति गुरुङ रहेका छन् ।

च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

अन्य चार जनाको उपचार भइरहेको र उनीहरुको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button