पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकस्थित दीपशिखा सामुदायिक पुस्तकालयमा ट्याग परियोजनाअन्तर्गत ट्याग सञ्चालन भएको छ । कार्यक्रम १० महिनासम्म सञ्चालन हुने कार्यालय प्रमुख धनु पहारीले जानकारी दिइन् ।
ट्याग गरियोजना सुरुआत कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका उपसचिव भोजराज न्यौपानले ट्याग परियोजना किशोरीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने एउटा महत्वपूर्ण कदमको रुपमा रहेको बताइन् ।
न्यौपानेले किशोरीहरुको सशक्तीकरणका लागि सरकारबाट गर्नुपर्ने काममा आफूले सहयोग गर्ने स्पष्ट पारिन् ।
रिड नेपालका सिनियर ट्याग कोओर्डिनेटर भाग्यश्री बिष्टले यस परियोजनाअन्तर्गत किशोरीहरुलाई जीवन सीप, नेतृत्व विकास, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य, वित्तीय साक्षरता र उद्यमशीलता सम्बन्धी प्रशिक्षण दिनुपर्नेमा जोड दिइन् ।
ट्याग कोओर्डिनेटर दीक्षा अधिकारीले यस परियोजनाका सीपबाट व्यक्तित्व विकास गर्न आग्रह गरिन् ।
कार्यक्रममा जनप्रकाश मावि व्यवस्थापन समिति अध्यक्ष बाबुराम सुवेदी, सरस्वती टीका मावि प्रधानाध्यापक सूर्यराज अधिकारी, त्रिभुवन शान्ति नमूना माविका प्रधानाध्यापक सोमतकुमारी लामिछाने, पट्नेरी आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र आचार्य, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं पुस्तकालय सल्लाहकार छत्रधर आत्रेय, भण्डारढिक टोल विकास संस्थाका अध्यक्ष अरुण गुरुङ, मेन्टर टिचर सावित्री भण्डारी र एलिसा केसीले बोलेका थिए ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष माधव भण्डारीले स्वागत र सचिव पदमप्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution