कास्की कारागारका महिलालाई सेनेटेरी प्याड, म्याट्रेस र युरोगार्ड सहयोग

पोखरा । महिला पर्यटन व्यवसायी मञ्चको आयोजना एवं जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलालाई आज सेनेटरी प्याड, म्याट्रेस तथा युरोगार्ड वितरण गरिएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत कारागाराका महिलालाई सेनेटेरी प्याडलगायतका समाग्री हस्तान्तरण गरिएको मञ्च अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार महिलालाई अत्यावश्यक सेनेटरी प्याड एक हजार दुई थान, म्याट्रेस एक रोल र युरोगार्ड एक थान हस्तान्तरण गरिएको हो ।

मञ्च अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुली, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी नायव उपरीक्षक (डएसपी) वसन्तकुमार शर्मालगायत सहभागी थिए ।

मञ्चले स्वदेश एवं विदेशमा पर्यटन राजधानी पोखरासहित समग्र देशको पर्यटन प्रवर्द्धनका साथै सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button