विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध भारतको शानदार जीत

पोखरा । टी-२० विश्वकप क्रिकेटको शनिबार राति ११ः३३ बजे सम्पन्न ‘सुपर-८’ चरणको खेलमा भारतले शानदार जीत हासिल गरेको हो ।

भारतलले बंगलादेशलाई ५० रनले हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ भने बंगलादेशको सम्भावना कमजोर बनेको छ । बंगलादेशको यो लगातार दोस्रो हार हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । विशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४६ रनमात्र बनाउन सक्यो ।

भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतकीय योगदान गरे । उनले ५० रन बनाए । ओपनर विराट कोहलीले पनि ३७ रन बनाए ।

कप्तान रोहित शर्माले २३ रन थपे । यस्तै, ऋषभ पन्तले ३६ रन, सूर्यकुमार यादब ६ रन, शिवम् दुबेले ३४ रन बनाएका थिए ।

बंगलादेशका बलर तान्जिम हसन सकिब र रिसाद होसैनले पनि २ २ विकेट हात पारेका थिए भने सकिब अह हसनले पनि एक विकेट लिए ।

यता, बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४० रन बनाए । ओपनर तानजिद हसनले २९ रन जोडे ।

अर्का ओपनर ब्याट्सम्यान लिटन दास भने १३ रन बनाउँदै आउट भए भने अल हसन ११ रनमै आउट भए । यस्तै, रिसाद होसैनले २४, महमु दुल्लाहले १३ रन थपे ।

भारतीय टोलीका बलर कुलदीप यादबले तीन विकेट लिए । जसप्रित बुमराह र अर्शदीप सिंहले दुई–दुई विकेट लिए । हार्दिक पाण्ड्याले पनि एक विकेट हात पारे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button