आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

पोखरा । आज अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ ।

यस वर्ष ‘लैंगिक समानता प्राप्तिका लागि द्रुत परिवर्तन र यस परिवर्तनका लागि महिलाहरूको जमिन र अन्य सम्पत्तिका समान हक’ भन्ने नारा तय गरिएको छ ।

सन् २०२३ को तथ्यांकअनुसार नेपालमा कुल महिलाको जनसंख्यामध्ये ६ प्रतिशत एकल महिला छन् ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तराष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि दिवस मनाउन लागिएको हो।

लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरीबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको थियो।

राष्ट्रसंघले श्रीमान् गुमाएका, श्रीमान् हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनि उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button