तनहुँ । निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ ।
कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरे ।
अस्पतालमा हाल १० वटा डायलाइसिस मेसिन छन् ।
अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा बरालले जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।
सूर्य नेपालले प्रदान गरेका दुई मेसिन रु २८ लाख बराबरका रहेको बताइन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution