पोखरा । पोखराका कपडा व्यवसायीले व्यवसायिक सफलताका लागि उत्प्रेरणात्मक प्रशिक्षण लिएका छन् । उनीहरुले उत्प्रेरक वक्ता (मोटिभेसनल स्पीकर) रमण भट्टराईबाट प्रशिक्षण लिएका हुन् ।
सो अवसरमा प्रशिक्षक भट्टराईले ‘जोसँग सकारात्मक सोँच छ, उ नै सफलताको शिखर चुम्दछ’ भन्ने उत्प्रेरक युक्ति बारे व्यवसायीलाई प्रशिक्षण दिएका थिए ।
साथै उनले धर्तीमा रहुञ्जेल मानिसले आफ्नो जीवनलाई अलमलमा नराखी जीवन सुन्दर बनाउने यात्रामा लाग्नुपर्नेमा जोड दिएका थिए । जीवनमा उमेरको भन्दा पनि कर्मको महत्व धैरै गुणा बढी हुने भन्दै उनले कर्ममा विश्वास गर्न आग्रह गरे ।
प्रशिक्षणमा पोखराका एक सय भन्दा बढी कपडा व्यवसायी सहभागी भएको आयोजक कपडा व्यवसायी एसोसिएसन पोखराका महासचिव चोक गुरुङले जानकारी दिए ।
संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष एवं सल्लाहकार रामचन्द्र गौतम, वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक लेखनाथ पौडेल, महासचिव चोक गुरुङलगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution