
सुर्खेत । जाजरकोटमा गएराति बाढीले बगाउँदा एक शिक्षकको ज्यान गएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका वडा नं. ९ का इन्द्रबहादुर रोकाय छन् ।
प्रहरीका अनुसार उनी शनिबार राति ११ बजे कुशे गाउँपालिका-१ तारेचौर नजिकैको खोलामा माछा मार्न गएका थिए । भारी वर्षासँगै खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हो । रोकाय मालटाकुरा माध्यमिक विद्यालयमा कार्यरत थिए ।
बाढीले बगाउँदा उनीसँगै माछा मार्न गएका अन्य ६ जना घाइते भएको बताइएको छ । घाइते हुनेमा कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैशी, कुशे-१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइन्छ ।





