पोखरा । डुम्रे-बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ । बेँसीसहर नगरपालिका वडा नं. १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध बनेको सो सडक दिउँसो १२ बजदेखि एकतर्फी सञ्चालनमा आएको हो ।
सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहे पनि पहिरो पनि निरन्तर खसिरहेकाले सम्भव नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले जानकारी दिए ।
सडक सुचारु भएपछि लमजुङबाट पोखरा, काठमाडौँ तथा चितवन, भैरहवालगायत स्थान जाने आउने र बेँसीसहरतर्फको सवारी गन्तव्यतर्फ लागेको इन्स्पेक्टर चपाइँले बताए । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution