इश्वरमणि अधिकारीको एकल कविता वाचन हुने

पोखरा । पोखरामा कवि इश्वरमणि अधिकारीको एकल कविता वाचन हुने भएको छ ।

पुछारसिटे अभियानले सो कार्यक्रमको तयारी गरेको हो ।

कार्यक्रम यही असार १५ गते शनिबार बिहान ८ बजे पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा हुनेछ ।

अभियानले ‘दही चिउरासँग कविता’ मा कवि अधिकारीलाई उतार्ने भएको हो ।

अधिकारीका इच्छापत्र, हृदयको आलाप, संवोधिकालगायतका कविता संग्रह प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button