पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ बैदामस्थित केदारेश्वर महादेवमणि सेवाश्रम समितिको अध्यक्ष पुनः चित्घन चैतन्य महाराज (डा. लेखनाथ आचार्य) निर्वाचित भएका छन् । सस्थाको शनिबार सम्पन्न १० औँ अधिवेशन तथा १९ औं साधारणसभाले उनलाई नै अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा मीना भट्टराई, उपाध्यक्षमा तुमला श्रेष्ठ, सचिवमा ओमनाथ अधिकारी, सहसचिवमा मातृकाराज घिमिरे, कोषाध्यक्षमा रामप्रसाद बस्ताकोटी, सहकोषाध्यक्ष सुशीला अधिकारी छन् ।
कार्यसमिति सदस्यमा तारादेवी कुँवर, ईश्वरी पराजुली, बामदेव बस्ताकोटी, पद्मा आचार्य, सूर्यप्रसाद भण्डारी, सुशीला भट्टराई, सरोज अधिकारी र तारा आचार्य छन् ।
यसअघि साधारणसभा उद्घाटन गर्दै गलेश्वर आश्रम देवघाटका पीठाधीश महामण्डलेश्वर अनन्तश्री विभूषित स्वामी आत्मानन्द गिरीजी महाराजले मानवको पूर्णता शिक्षामा मात्र नभएर धर्म र संस्कारसहितको शिक्षामा हुने बताए ।
निरक्षर आमाबुवाले धर्म, संस्कार र संस्कृति धान्दै आएको स्मरण गराउँदै उनले अहिलेका शिक्षित व्यक्ति नै लोभलालचमा फस्दै गएर धर्म, संस्कार र संस्कृति हराउँदै गएको बताए ।
गण्डकी प्रदेशसभा सदस्य विन्दु पौडेलले राप्रपाले हिन्दू राष्ट्रको मुद्धा बोकेर हिँडेको भन्दै देशभरका मठमन्दिरका लागि बजेट विनियोजनको पहल भइरहेको बताइन् ।
पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले केदारेश्जर मन्दिरको विकासका लागि आफूले सक्दो पहल गरेको बताए ।
रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले विभिन्न धार्मिक संघसंस्थामा आफ्नो भावी पुस्तालाई पनि लिएर आउनुपर्नेमा जोड दिँदै धर्म, संस्कार र संस्कृतिले अनुशासित जीवन जिउन सहज हुने बताइन् ।
संस्थाका अध्यक्ष चैतन्य महाराजको अध्यक्षतामा भएको कार्यक्रममा तालबाराही आरती सेवा समितिका पूर्व अध्यक्ष गिरीराज अधिकारी, मूलथोक टोल विकास संस्थाका अध्यक्ष सरोज अधिकारी, मितेरी नारी समूहकी अध्यक्ष सीता भट्टराई, आजीवन सदस्य बद्री थापा, हिरु पुनलगायतले बोलेका थिए ।
सो अवसरमा संस्थाका वरिष्ठ उपाध्यक्ष दयानन्द पोख्ररेल (शंकर) ले स्वागत र सचिव खिमबहादुर पहारी र सहसचिव मातृकाराज घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।
साधारणसभामा सचिव खिमबहादुर पहारीले वार्षिक कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद बस्ताकोटीले आर्थिकको प्रतिवेदन प्रस्तुत गरेका र्थि ।
केदारेश्वर महादेवमणि सेवाश्रम समितिले हरेक वर्ष बोलबम जलयात्रा गर्दै आएको छ । साथै महाशिवरात्री पर्वमा विशेष प्रहर पूजा सञ्चालनका साथै सामुहिक व्रतवन्ध, महर्षी फाउण्डेशनको सहयोगमा दैनिक रुपमा रुद्राभिषेक, साप्ताहिकरुपमा आरती, गीता जयन्ती विशेष कार्यक्रम, हरिबोधिनी एकादशीका दिन फूल तार्ने, बाला चतुर्दशीमा शतविज छर्ने, वसन्त पञ्चमीमा विशेष पूजा साथै जनैपूर्णिमाका दिन श्रवणी उपाकर्म (जनैमन्तर्ने) सामुहिक रक्षावन्धन गर्ने गराउने कार्यक्रम हँुदै आएको छ ।
समितिद्वारा सञ्चालित गुरुकुलमा ८० जना बटुक अध्ययनरत छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution