पोखरा । एसईई कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि लेखनाथस्थित जुनियर सिटीजन्स एकेडेमीले जितेको छ ।
आज सम्पन्न फाइनल प्रतिस्पर्धामा लेखनाथकै डायमण्ड माविलाई १-० को गोलअन्तरले पराजित जेसिएले उपाधि रक्षा गरेको हो ।
विजेता जेसिएले नगद रु १५ हजार र उपविजेता डायमण्डले रु १० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा लेखनाथ क्षेत्रका १९ विद्यालयले सहभागिता जनाएका थिए ।
पोखरा-२७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता दुई दिनमा सम्पन्न भएको खेल संयोजक विचित्र न्यौपानेले जानकारी दिए ।
विजेता र उपविजेतालाई पुरस्कार वितरण गर्दै नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले खेलकुदले व्यक्तित्व विकासमा ठूलो योगदान पुग्ने बताए ।
विद्यालयका प्रिन्सिपल बिकल पौडेल, नेशनल प्याब्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङ, सचिव प्रेमराज अधिकारी, सदस्य शिवराज पौडेल, विद्यालय ब्यवस्थापन समिति उपाध्यक्ष मनप्रसाद गुरुङ, राइजिङ स्टार युवा क्लब अध्यक्ष यमप्रसाद गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution