पोखरा । धादिङ-पोखरा सम्पर्क समाजका सदस्य र सदस्यका परिवारले मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दा छुट पाउने भएका छन् । समाज र अस्पतालबीच आइतबार सम्झौता भएसँगै समाजका सदस्यले छुट पाउने भएका हुन् ।
सम्झौताअनुसार टिकट र चिकित्सकको परामर्श निःशुल्क हुनेछ भने सामान्य बेडमा २५ प्रतिशत छुट पाइनेछ ।
यसैगरी नियमित जाँचमा १५, न्यूरोसर्जरी तथा अतिविशिष्ट सेवाबाहेक शल्यक्रियामा १० र विशेष अनुसन्धानमा १० प्रतिशत छुट प्राप्त हुनेछ ।
सम्झौतामापत्रमा समाजकातर्फबाट अध्यक्ष रामप्रसाद पाण्डे राजु र अस्पतालकातर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेकन छन् ।
उपचारमा छुट पाउनका लागि समाजको परिचयपत्र र निवेदन अनिवार्य हुनुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
धादिङ समाजले यसअघि पोखराको मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो ।
सम्झौता गर्दा समाजकातर्फबाट कृष्णकुमार श्रेष्ठ र कृष्णबहादुर लम्साल, अस्पतालकातर्फबाट कृष्णमोहन श्रेष्ठलगायत सहभागी थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution