पुन समाज पोखरा ‘ए’ तारो खेल च्याम्पियन

पोखरा । प्रथम स्थानीय अन्तर समाज तारो खेल (भेजो) प्रतियोगिताको उपाधि पुन समाज पोखरा ‘ए’ले जितेको छ । म्याग्दी मगर समाजलाई एक सय ३३ काविरुद्ध एक सय ३८ अंक प्राप्त गर्दै पोखरा ‘ए’ले उपाधि जितेको हो ।

यसैगरी प्रतियोगितामा एक सय २५ अंकसहित नेपाल छन्त्याल समाज नदीपुरले तेस्रो स्थानमा चित्त बुझायो ।

उपाधि विजेता पुन समाज पोखरा ‘ए’ले नगद ५० हजार, उपविजेता म्याग्दी मगर समाजले नगद ३० हजार र तेस्रो बनेको छन्त्याल समाज नदीपुरले नगद २० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगितामा हाइस्कोर गणेश पुन र हाइ खोलको उपाधि राजु छन्त्यालले हात पारे । उक्त अवसरमा जोर खोल गर्ने राजु छन्त्याल र सनम पाइजा पुनलाई सम्मान गरिएको थियो ।

पुन समाज पोखरा तारो समितिले भूमे पर्वको अवसर पारेर प्रथम पटक स्थानीय अन्तर समाज तारो खेलको आयोजना गरेको हो ।

विजेता तथा सम्मानितलाई पुन समाज नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गर्बुजा पुन, पुन समाज नेपाल पोखराका अध्यक्ष राजकुमारी पुन, पुन समाज पोखरा तारो समिति अध्यक्ष जीत पुनलगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा सिक्तानी चेलीबेटी पोखरा र उल्लेरी आमा समूहले नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button