सञ्चारिका समूह गण्डकीको डिजिटल साक्षरता अभियान

पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियानअन्तर्गत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम सम्पन्न भएको छ ।

तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापाले महिलाको क्षमता अभिवृद्धि गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

आफू नीति निर्माण गर्ने तहमा रहेको बताउँदै उनले महिला पत्रकारको क्षमता बृद्धि गर्ने सवालमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उपसभामुख थापाले सञ्चारमाध्यमबाट सही सूचना सम्प्रेषण हुनुपर्नेमा जोड दिइन ।

तालिमको सहजीकरण गर्दै प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चारमाध्यमबाट प्रसारण हुने सूचना तथ्यपरक हुनुपर्ने बताइन् ।

पछिल्लो समय नयाँ नयाँ प्रविधिको विस्तार भइरहेको बताउँदै उनले प्रविधिको सदुपयोग गर्न सके समयको बचतसँगै गुणस्तरीय कार्यसम्पादन गर्न सकिनेमा उनले जोड दिइन् ।

फोटो पत्रकार प्रेम थापाले फोटो÷भिडियो सुटिङ र सम्पादनसम्बन्धी प्रशिक्षण गरेका थिए ।

तालिममा विभिन्न सञ्चारमाध्यमा कार्यरत ४० जना महिला पत्रकार सहभागी थिए ।

संस्थाकी अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष उमा आलेमगरले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button