
पोखरा । पोखरा महानगरपालिकाका नगरसभा सदस्य कल्पना क्षेत्रीले पोखरालाई क्लीन सिटी र ग्रीन सिटी बनाउन ध्यान दिन आग्रह गरेकी छन् ।
महानगरकाे १५औं नगरसभाअन्तर्गत नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले २०२५ लाई पोखरा भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
उनले पोखरा बेरुजुमा १ नं. मा रहेको समाचार आइरहेको भन्दै यो विषय के हो र बेरुजु घटाउन ध्यान किन नदिएको ? भन्दै प्रश्न गरिन् ।
साथै मणिपाल शिक्षण अस्पतालसँग जोडिएर आएका कर छुटका विषयका सम्बन्धमा पनि उनले प्रश्न गरिन् । यसमा गल्ती भएकै हो भने गल्ती गर्नेलाई कर्वाही गर्न उनले माग गरिन् ।
उनले बजार अनुगमन, शहरी स्वास्थ्य केन्द्रमा जनशक्ति थप्न, फिर्केखोलामा चेकड्याम निर्माण गर्न र अँधेरीकुनासम्म साइकल लेन बनाउन नगरसभाको ध्यानाकर्षण गराइन् ।





