
पोखरा । पशु चौपायामा नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाका वीर्य एक डोजको २५ रुपैयाँ पर्ने भएको छ । यो रकम सरकारको राजस्व कोषमा जम्मा हुने बताइन्छ ।
किसानले सरकारी केन्द्रमा नै गएर चौपायालाई कृत्रिम गर्भाधान गराउँदा २५ रुपैयाँ राजस्व तिर्नु पर्ने पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख तथा पशु विकास अधिकृत डा.जगदीश पाण्डेयले जानकारी दिए ।
साथै मुर्रा राँगाको वीर्य आगामी साउनदेखि किसानलाई वितरण गरिने भएको छ । आगामी साउनदेखि भारतबाट ल्याइएका मुर्रा राँगा, अमेरिका र कोरियाबाट ल्याइएका साँढे गरी ६ लाख बढी डोज वीर्य किसानलाई उपलब्ध गराइने छ ।
गत वर्ष ६ लाख १३ हजार डोज वीर्य सङ्कलन गरिएकोमा यो वर्ष हालसम्म ६ लाख ४० हजार डोज वीर्य सङ्कलन भएको उनले बताए ।





