पोखराको रेडियो बाराहीमा कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थी

पोखरा । काठमाडौँस्थित कोटेश्वर बहुमुखी क्याम्पसका बिए दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीले पोखरास्थित रेडियो बाराहीको अवलोकन गरेका छन् ।

सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानलाई अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्याम्पसले तीन दिने अवलोकन भ्रमणअन्तर्गत दोस्रो दिन रेडियो बाराही अवलोकनका लागि आएको क्याम्पसका विभागीय प्रमुख मनोज अधिकारीले बताए ।

विद्यार्थीलाई मिडियाको वास्तविक स्वरुपकारे बिषयमा स्थलगत रुपबाटै अवलोकन गराउँदा झन् प्रभावकारी हुने क्याम्पसका प्राध्यापक गोकुल पोखरेलको विश्वास छ ।

रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले रेडियो आँफैमा एउटा सूचनाको संवाहक रहेको हुँदा अहिलेको समयमा रेडियो आधुनिकता तिर ढल्किदै गई केही परिस्कृत भएको बताए ।

उनले पोखरा पर्यटकीय राजधानी रहेको हुँदा यहाँ आउने पर्यटक, पर्यटन स्थल, होटल, विकासका पूर्वाधारमा पोखरेलीको मेहेनत बढी नै रहेको बताए । पोखराले सकारात्मक पत्रकारितालाई बढी जोड दिने गरेको उनको भनाई थियो ।

कार्यकारी निर्देशक पौडेलले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गरेमात्र क्याम्पसका ज्ञानले सार्थकता पाउने समेत बताए ।
उनले पोखरामा रहेका पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजन जस्ता सञ्चारमाध्यमका बारेमा आफ्ना अनुभव कार्यशैलीबारे विद्यार्थीलाई जानकारी गराएका थिए ।

उनले रेडियोको स्थापनासँगै उपयोगिता र प्रभावकारितामा बारेसमेत जानकारी दिए । सो अवलोकनमा आएका विद्यार्थीले रेडियो, पत्रकारितालगायत बिषयसँग सम्बन्धित जिज्ञासा राखेका थिए ।

अवलोकन भ्रमणमा क्याम्पसका प्राध्यापक पदमराज जोशी र लेखनाथ घिमिरेसहित बिए दोस्रो बर्षका करिब ३५ जना विद्यार्थी सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button