पोखरा । नेपाल सरकारका पूर्वसचिव एवं सार्वजनिक प्रशासनविज्ञ डा. बाबुराम आचार्यले निजामती कर्मचारी प्रशासन नागरिकको स्थायी सरकार रहेकाले नागरिकका सेवा प्रवाहमा केन्द्रित रहेर काम गर्नपर्नेमा जोड दिएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन कास्कीले पोखरामा आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
डा. आचार्यले सार्वजनिक सेवा प्रवाहमा रहने कर्मचारीको काम छिटो छरिटो र सर्वसुलभ तवरबाट गर्न सकेमा मात्र नागरिकले राज्यबाट प्राप्त गर्ने सेवाको अनुभूति गर्न सक्ने बताए ।
प्रशासनका विज्ञसमेत रहेका आचार्यले कुनै पनि कर्मचारीको सरुवा दबाबले नभई कार्यालयको आवश्यकता कर्मचारीको व्यवसायिकता र न्यायका आधारमा हुनुपर्नेमा जोड दिए ।
उनले कर्मचारीले स्वाभिमानिता, इमान्दारीता, धैर्यता र मौनतालाई केन्द्रमा राखेर काम गरेमा कुशल राष्ट्रसेवक बन्ने दावी गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष प्रमुख रमेश पौडेलले सार्वजनिक प्रशासन सेवाले नै सरकारको मूल्यांकन नागरिकले गर्ने बताए ।
युनियनका अध्यक्ष सुरेशकुमार श्रेष्ठले कर्मचारीका समस्यालाई संगठनले सकेसम्म सम्बोधन गर्ने बताए ।
कार्यक्रममा युनियनका उपाध्यक्ष केदार सापकोटा, सचिव सुमन पौडेल, पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद अर्याललगायतले कर्मचारीका समस्या र सार्वजनिक सेवा प्रवाहका बारेमा बोलेका थिए ।
सो अवसरमा विभिन्न कार्यालयबाट कास्कीमा सरुवा भई आएका र सरुवा भएर अन्य ठाउँमा गएका कर्मचारीलाई स्वागत र बिदाई गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution