पोखरामा पठाओ, टुटल र इनड्राइभका २६ सवारीसाधन नियन्त्रण

पोखरा । पोखरामा पठाओ, टुटल र इनड्राइभ एप प्रयोग गरी भाडामा यात्रु ओसारपसार गर्ने २६ वटा सवारी साधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालय कास्कीमा दर्ता नगरी चलाइएका विभिन्न एपलाई यात्रु ओसारपसार गर्न नदिने भन्ने निर्देशनानुसार ति सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जसमा दुई पाङ्ग्रे सवारीसाधन २२ र चार पाङ्ग्रे सवारीसाधन चार गरी जम्मा २६ ओटा सवारी साधन नियन्त्रणमा लिइएको थियो ।

अब उप्रान्त दर्ता गरेरमात्रै सवारी सञ्चालन गर्नेगरी एक पटकलाई सम्झाईबुझाई सम्बन्धित सवारी धनीलाई सवारीसाधन जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले कानून नै बनाएर एपमार्फत सञ्चालन हुने सवारी साधनलाई दर्ता गर्नुपर्ने बाध्य बनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button