कास्की प्रहरीको पुस्तकालयलाई विभिन्न क्षेत्रबाट पुस्तक सहयोग

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको पुरस्तकालयका लागि विभिन्न क्षेत्रबाट पुस्तक हस्तान्तरण गरिएको छ । कास्की प्रहरीले सूचना प्रकाशित गरी पुस्तक आवश्यक रहेको जनाएपछि सहयोग आउन सुरु भएको हो ।

जसमा आज एकै दिन एक सय ७१ साथ पुस्तक प्राप्त भएको छ ।

आज पुस्तक सहयोग गर्नेमा पोखरा महानगरपालिका वडा नं. १२ स्थित ग्वलोबल कलेजिएटले विभिन्न विधाका २७ थान पुस्तक हस्तान्तरण गरेको छ ।

विद्यालयका प्राचार्य बाबुराम पन्तले कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई पुस्तक हस्तान्तरण गरेका हुन् ।

यसैगरी पोखरा-१० स्थित वेथानी वोर्डिङ स्कूलबाट १४ थान, पोखरा-७ निवासी पशुपती श्रेष्ठबाट विभिन्न विधाका ५४ थान पुस्तक प्राप्त भएको प्रहरीले जनाएको छ ।

यस्तै, पोखरा-६ लेकसाइड निवासी तथा ज्ञानोदय मावि रानीपौवाका शिक्षक सुरज हजारे दहालले पनि ७६ थान पुस्तक हस्तान्तरण गरेका छन् । सहयोगदाता सबैलाई एसपी थापाले आभार व्यक्त गरे।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button