गरिमा विकास बैंक र नाट्टा गण्डकीबीच सम्झौता

पोखरा । गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ ।

नाट्टा गण्डकी प्रदेशअन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जामा सहुलीयतसहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नाट्टा गण्डकी प्रदेशअन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले जानकारी दिइन् ।

यस प्रावधानमार्फत व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालनमा सहयोग पुुगी त्यसबाट लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।

उक्त अवसरमा नाट्टा गण्डकी प्रदेशका पदाधिकारी, बैंकको लेकसाइड शाखाका प्रमुखसहित बैंकका कर्मचारी सहभागी थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button