विश्वकप क्रिकेट : भारत सेमिफाइनलमा प्रवेश, अपराजित यात्रा कायमै

पोखरा । टी-२० विश्वकपमा भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर ८ अन्तर्गत समूह १ को अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारतले विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली हो । यसअघि समूह २ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

अब भारतले फाइनल प्रवेशका लागि सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।

सोमबार राति टस हारेर व्याटिङको निम्तो पाएको भारतले २० ओभर खेलेर ५ विकेटको क्षतिमा २०५ रनको विशाल योगफल खडा गरेको थियो ।

२०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रन मात्र बनाउन सक्यो ।

अस्ट्रेलियाको यात्रा भने मंगलबार बिहानको अफगानिस्तान र बंगलादेशबिचको खेलले तय गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button