हेमजा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजास्थित धवलागिरि बोर्डिङ स्कुलको आयोजनामा एसईई गायन प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता यही असार १४ गते विद्यालयमै हुनेछ । एसईई दिएर बसेका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागी हुनका लागि २०८० सालमा एसईई दिएका विद्यार्थी हुनेपर्ने छ । साथै नाम दर्ता गराउदा प्रवेश पत्र आवश्यक पर्ने आयोजकले जनाएको छ । नाम दर्ताको अन्तिम मिति यही असार १३ गतेसम्म रहेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा लोकगीत, आधुनिक तथा पप गीत गाउन पाइनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution